नेपालले घरेलु मैदानमा युएईसँग एकदिवसीय सिरिज खेल्ने

न्युजलय १५ कार्तिक २०७९, मङ्गलबार ०१:२२ मा प्रकाशित

काठमाडौं । नेपालले त्रिवि क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) सँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने भएको छ ।


नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार नेपालले आगामी नोभेम्बर १४ देखि १८ तारिखसम्म घरेलु मैदानमा सिरिज खेल्न लागेको हो ।


क्यानले सोमबार सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ । तालिका अनुसार नेपालले नोभेम्बर १४, १६ र १८ तारिख युएईसँग सिरज खेल्नेछ ।