काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से बिहीबार(आज) ११.९६ अंकले घटेको छ ।
यो सँगै परिसूचक २८०१ अंकमा कायम भएको हो । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । आज कुल ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ १०, होटल तथा पर्यटन १९, विकास बैंक २८, जलविद्युत २७, फाइनान्स १२, निर्जीवन बीमा ८१, लघुवित्त ३७, उत्पादन १ र जीवन बीमा उपसमूह १३ अंकले घटे ।
अन्य १२ र व्यापार उपसमूह ४६ अंकले बढे । कुल ३९ कम्पनीको मूल्य बढ्यो भने १४४ को घट्यो । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रह्यो ।