काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्थाको कुल नाफा ५३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७९ फागुन मसान्तसम्मको तथ्यांकअनुसार ४ खर्ब २४ अर्ब ८२ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजीसहित ६ खर्ब ७२ अर्ब ५६ करोड रुपैयाँ पूँजीकोष रहेका बैंकहरुले ८ महिनाको उक्त मुनाफा आर्जन गरेका हुन् ।
फागुन मसान्तसम्म बैंकहरुले ५६ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
वाणिज्य बैंकमा नाफाको आधारमा नबिल बैंक अगाडि देखिएको छ । ग्लोबल आईएमई बैंक र एनआईसी एशिया बैंकको ४ अर्ब नाघेको छ ।
विकास बैंकहरुले आर्थिक वर्षको ८ महिना सकिंदा ३ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकले जनाएको छ ।