ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी रामधुनीका राई पक्राउ

न्युजलय २९ माघ २०८०, सोमबार १२:२७ मा प्रकाशित

रामधुनी । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले ज्यान मार्ने उद्योग मुद्धाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्योग मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८साल भदौ २८ गतेको सजाय निर्धारण फैसला आदेशले ७ महिना २४ दिन कैद बेरुजु रही फरार रहेका सुनसरीको रामधुनी नगरपालिका ७ का ३९ वर्षीय अशोक राईलाई पक्राउ गरेको हो ।

खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारगार पठाइएको प्रहरीको भनाइ छ ।