धरानका दुई युवा नक्कली पेस्तोल र तलवारसहित पक्राउ

न्युजलय १५ कार्तिक २०८२, शुक्रबार ०१:१३ मा प्रकाशित

सुनसरी । धरानका दुई युवा बराहक्षेत्र नगरपालिका–५ कालाबन्जार चौकमा नक्कली पेस्तोल र फलामको तलवारसहित पक्राउ परेका छन् ।

प्रहरी चौकी भरोलबाट प्रहरी निरीक्षक डम्मर गौतमको कमाण्डमा खटिएको टोलीले धरानबाट कालाबन्जारतर्फ आउँदै गरेको को ८ प ९५५६ नम्बरको मोटरसाइकललाई शंकास्पद ठानी रोकेर चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ का २१ वर्षीय बिमल बरैलि र २७ वर्षीय रबिन्द्र सैल्यो रहेका छन् ।

उनीहरूको साथबाट नक्कली प्लास्टिकको पेस्तोल १ थान र फलामको तलवार १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी चौकी भरोलमा राखिएको छ ।