काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर ९ वैशाखमा उनी एमाले प्रवेश गर्न लागेकी नेकपा एमाले स्रोतले जनाएको छ ।
करिश्मासँगै अरु पार्टी छाडेर आएकाहरु पनि प्रवेश गर्नेछन् । अभिनेत्री मानन्धर नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय भएकी थिइन् ।