धरानमा ड्रेनको बाढीले बालकलाई बगायो

न्युजलय १४ भदौ २०८१, शुक्रबार ०६:२१ मा प्रकाशित

धरान । धरानमा ड्रेनले बगाएपछि एक बालकको ज्यान गएको छ । विद्यालयबाट फर्किदैँ गर्दा धरान १७ का १४ वर्षीय रोशन लिम्बूलाई बगाएको हो । बाढील बगाएको ठाउँभन्दा केही तल उनको शव फेला परेको थियो ।


धरान ११ को भिक्टोरिया स्कुलमा कक्षा ९ मा अध्ययनरत बालक घर फर्कँदै गर्दा ड्रेनमा बाढीले बगाएको हो ।


मृतक बालकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।


घटनापछि पुर्वाधारको व्यवस्थापन गर्न नसकेको भन्दै धरानवासी आक्रोशित बनेका छन् ।