विश्वकपको पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

न्युजलय २७ मङ्सिर २०७९, मङ्गलबार १२:४६ मा प्रकाशित

काठमाडौं । कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल मंगलबार राति १२ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ । 


क्रोएसियायी र अर्जेन्टिनाले क्वार्टरफाइनलमा क्रमशः ब्राजिल र नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए ।


क्वार्टरफाइनलमा क्रोएसियाले ब्राजिललाई ४–२ ले हरायो । त्यस्तै, अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई ४–३ ले पराजित गर्‍यो । अर्जेन्टिनाले ८ वर्षपछि विश्वकप सेमिफाइनल खेलिरहेको हो ।


क्रोएसियाले भने लगातार दोस्रोपटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछ ।