खोटाङ । खोटाङमा छुरा प्रहार गरी एकजनाको हत्या भएको छ ।
छुरा प्रहारबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मी निभारेका ३१ वर्षीय धनजित राईको शनिबार राति हत्या भएको हो ।
स्थानीय भीमबहादुर राईको मकैबारीमा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । तीन जनाले राईलाई छुरा प्रहार गरेको र उनीहरू फरार रहेका छन् । फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।