२०७८ साल कार्तिक ७ गते अाईतबार

गायिका गंगा गौतमको गीत ‘बग्यो गण्डकी’ को भिडियो सार्वजनिक

न्युजलय १९ असोज २०७८, मङ्गलबार १०:१३ मा प्रकाशित

काठमाडौं । गायिका गंगा गौतम आचार्यको स्वर रहेको ‘बग्यो गण्डकी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

हास्य कलाकार फूलन्देकी आमा र काउली बुढीको अभिनय रहेको गीतको भिडिओ युट्युवमार्फत सार्वजनिक भएको हो।

राजकुमार बगरको शव्द तथा संगीत रहेको गीतको म्युजिक भिडियो सुमन सागर जंगको निर्देशन र कोरियोग्राफी गरेका छन् ।

प्रवेश पोखरेलको छायांकन, सुरेश कुमार राउतको सम्पादन रहेको म्युजिक भिडिओको निर्माण सुष्मा गुरागाँईले गरेकी हुन्। निर्देशनमा सुरेश थापा दर्शनेले गरेका हुन् ।