दिल्लीका विद्यार्थी आन्दोलनको समर्थनमा पटनामा पनि प्रदर्शन

न्युजलय ६ साउन २०८३, बुधबार ०३:२१ मा प्रकाशित

 काठमाडौं। दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा भारतको बिहारको राजधानी पटनामा बुधबार अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा)को आह्वानमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

प्रदर्शनमा आइसासँगै विभिन्न अन्य विद्यार्थी संगठनका सदस्यहरूको पनि सहभागिता रहेको थियो।

प्रदर्शनकारीहरूको र्‍याली गान्धी मैदानको गेट नम्बर १० बाट सुरु भएर राजभवनतर्फ जाने तयारी थियो। तर, जेपी गोलम्बर नजिकै प्रहरीले उनीहरूलाई रोकेको थियो।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो।