आईपीएलमा बेंगलोरविरुद्ध हैदराबादको सहज जित

न्युजलय ११ बैशाख २०७९, आइतबार ०२:५६ मा प्रकाशित

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सहज जितसँगै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को दोस्रो स्थानमा उक्लिएको छ ।


शनिबार राति मुम्बईमा भएको खेलमा हैदराबाद ९ विकेटले विजयी भयो । ६९ रनको सामान्य विजयी लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।


हैदराबादका अभिषेक शर्माले सर्वाधिक ४७ रन बनाए । केन विलियम्सन १६ र राहुल त्रिपाठी ७ रनमा अविजित रहे ।


यसअघि टस हारेर ब्याटिङ गरेको बेंगलोर १६ ओभर १ बलमा सवै विकेट गुमाउदै ६८ रनमा समेटियो । बेंगलोरका सुयश प्रभुदेशाईंले सर्वाधिक १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । हैदराबादका मार्को ज्यानसन र टि नटराजनले ३-३ विकेट लिए ।


जितसँगै हैदराबाद ७ खेलमा ५ जितसहित १० अंक जोडेर दोस्रो स्थानमा छ । बेंगलोर ८ खेलमा ५ मा जितसहित समान १० अंक बनाउदै चौथो स्थानमा छ ।