काठमाडौं । रास्वपा सांसद अशोक चौधरीले इटहरी उपमहानगरपालिकामा आगलागी नियन्त्रणका लागि तत्काल आधुनिक दमकल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले इटहरीमा पछिल्लो समय लगातार भइरहेका भीषण आगलागीका घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
जेन्जी आन्दोलनका क्रममा उपमहानगरपालिकाका दमकलसहितका अत्यावश्यक सवारी साधनहरू जलेपछि हाल इटहरीमा अग्नि नियन्त्रण सेवा ठप्प जस्तै रहेको उनले उल्लेख गरे ।