काठमाडौं । सुनको मूल्य दुई दिनमै प्रतितोला ३ हजार रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीवार(आज) सुनको मूल्य प्रतितोला १ हजार ४०० रूपैयाँले घटेर ९४ हजार ६०० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ९६ हजार रूपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । यो दिन चाँदी प्रतितोला १० रूपैयाँले बढेर १ हजार १८५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १७५ रूपैयाँमा कारोबार भएको थियो ।