मदन भण्डारी र योगमाया विश्वविद्यालयलाई लाजमर्दो बजेट

न्युजलय ३० जेठ २०८१, बुधबार ०७:०७ मा प्रकाशित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि मदन भण्डारी विश्वविद्यालय र योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालनका लागि १–१ लाख रुपैयाँ बजेट विनियोजन गरेको पाइएको छ ।


लाजैमर्दो बजेट विनियोजन गरेपछि मंगलबार सांसदहरुले सरकारमाथि प्रश्‍न गरेका छन् ।


‘एक लाख बजेट विनियोजन गर्दै गर्दा माननीय मन्त्रीज्युको हात काप्यो होला कि कापेन होला ?’ एमालेकी सांसद ईश्वरी घर्तीले मंगलबार प्रतिनिधिसभा बैठकमा प्रश्न गरिन्, ‘यो उहाँहरुप्रति सम्मान हो कि अपमान हो ?’


नेपाल विश्वविद्यालय स्थापनाका लागि ३० लाख बजेट विनियोजन भएको उल्लेख गर्दै उनले शिक्षा मन्त्रालयलाई अर्को प्रश्न गरिन्, ‘३० लाखमा कस्तो विश्वविद्यालय बन्छ ?’ कि यस्ता कार्यक्रम प्राथमिकतामै छैन भन्न कि आवश्यक बजेट दिन उनको माग छ ।