इटहरी । इटहरीमा सिए अमित खत्रीले अमित खत्री एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स सञ्चालनमा ल्याएका छन् ।
संस्थाले व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने लेखा प्रणाली, कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) अनुपालन, कम्पनि तथा फर्म दर्ता, लेखापरीक्षण तथा व्यवस्थापन परामर्श लगायतका सेवा उपलब्ध गराउने जनाएको छ।
चार्टर्ड एकाउन्टेन्टका रूपमा प्राप्त व्यावसायिक ज्ञान, अनुभव र सीपलाई स्थानीय व्यवसाय तथा समुदायको आर्थिक विकासमा प्रयोग गर्ने संस्थाको उद्देश्य रहेको खत्रीले बताएका छन् ।
त्यस्तै, संस्थाले तालिमहरुसमेत दिने भएको छ । व्यवसायी तथा विभिन्न संस्थाहरूलाई आवश्यक पर्ने लेखा, कर, लेखापरीक्षण, वित्तीय परामर्श तथा तालिमसमेत उपलब्ध गराउने खत्रीले जानकारी दिए ।
अमित खत्रीको शैक्षिक तथा व्यावसायिक पृष्ठभूमि
अमितबहादुर खत्रीले एसओएस हर्मन गेमाइनर स्कुल, बालग्रामबाट कक्षा १० तथा सुष्मा गोदावरी कलेजबाट विज्ञान विषयमा कक्षा १२ अध्ययन गरेका छन् ।
चार्टर्ड एकाउन्टेन्ट बन्नुअघि उनले ब्रिटिस आर्मी, भारतीय सेना तथा नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्ट पदका लागि करिब तीन वर्ष विभिन्न प्रयास गरेका थिए। ती प्रयास सफल हुन नसकेपछि उनले लेखा तथा वित्तीय क्षेत्रलाई आफ्नो व्यावसायिक करियरका रूपमा अघि बढाएका हुन्।
खत्रीले दिल्ली विश्वविद्यालयबाट बी.कम. (अनर्स) तथा इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालय (इग्नू) बाट एमबीए गरेका छन्।
उनी द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया (आईसीएआई) तथा द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान) का सदस्यसमेत हुन्।
त्यसैगरी, उनी एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालको सुनसरी जिल्ला समितिका सदस्यका रूपमा समेत आबद्ध छन्।