कोशी प्रदेशमा भोली सार्वजनिक बिदा

न्युजलय २५ कार्तिक २०८२, सोमबार ०२:२९ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशमा यही कात्तिक २५ गते (मंगलबार) फाल्गुनन्द जयन्तिको अवसरमा सार्वजनिक बिदा दिइने भएको छ। 

जिल्ला प्रशासन कार्यालय मोरङले आज एक सूचना जारी गर्दै प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक संस्था तथा शिक्षण संस्थामा बिदा हुने जानकारी दिएको हो।

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्मजयन्ती विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा मनाइने तयारी भइरहेको छ। 

किराँत समुदायका महान् समाज सुधारक, भाषा, लिपि, संस्कार र संस्कृति संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्तित्वका रूपमा फाल्गुनन्दलाई सम्मान गरिन्छ।