सिरियामा कार बम विस्फोट हुँदा छ जनाको मृत्यु

न्युजलय २६ असोज २०७८, मङ्गलबार ०३:०५ मा प्रकाशित

काठमाडौं । सिरियाको उत्तरी शहर अफ्रिनमा सोमबार कार बम विस्फोट हुँदा एक टर्की समर्थित विद्रोही लडाकुसहित छ जनाको मृत्यु भएको छ ।


अफ्रिनमा पनि टर्की समर्थक विद्रोहीहरूद्वारा हुने अन्य क्षेत्रहरू जस्तै नियमित लक्षित हत्या, बम विस्फोट र गोली हानाहान को दृश्य सामान्यरूपमा देखिन्छ।


बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएअनुसार सोमबार विद्रोहीको नियन्त्रणमा रहेको शहरको बीचमा ‘सर्वसाधारणको भिड लागेको क्षेत्रमा’ विस्फोटक पदार्थले भरिएको गाडी विस्फोट भएको बताइएको छ।