बलिउड स्टार गोविन्दा नेपाली टीभी रियालिटी शोको जज बन्दै

न्युजलय १२ साउन २०७९, बिहिबार ०१:३३ मा प्रकाशित

काठमाडौं । नेपाली टेलिभिजन शो ‘सुपर डान्सर नेपाल’को गेस्ट जुरीमा बलिउड स्टार गोविन्दा तय भएका छन् ।

भदौमा हुने शोको ग्रान्ड प्रिमियरमा उनी गेस्ट जुरीको रुपमा नेपाल आउने निश्चित भएको हो । 

चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई छन् । शोलाई भूषण दाहालले निर्देशन गर्ने भएका छन् ।

देशव्यापी अडिसन सकिएको शोको मेगा अडिसन चाँडै सुरु हुने जनाइएको छ ।