सुन–चाँदीको भाउ बढ्यो

न्युजलय ९ भदौ २०७९, बिहिबार ०५:०८ मा प्रकाशित

काठमाडौं । बिहीबार(आज) सुन र चाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो । 

बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यता, तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै बढ्दै ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 यस्तै आज चाँदी एक हजार १७५ रुपैयाँमा  कारोबार भइरहेको महासंघले जनाएको छ ।