काठमाडौं । सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ।
पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको बजार यस दिन भने २.४१ अंकले बढेको छ। आजको कारोबारपछि नेप्से २६ सय १६ दशमलव ९७ विन्दुमा पुगेको छ।
नेप्से सामान्य बढे पनि आज कारोबार रकम भने घटेको छ। दिनभरमा ३२९ कम्पनीको १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर खरिदबिक्रि हुँदा ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रूपैयाँ कारोबार भयो।
१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढ्दा ७ उपसमूहको परिसूचक घटेको छ।