काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार व्यहोरेको छ । गयराति भएको खेलमा मुम्बई कोलकता नाइटराइडर्ससँग ५ विकेटले पराजित भएको हो ।
कोलकता भने तालिकाको शीर्ष स्थानमा रहँदा मुम्बई भने नवौं स्थानमा रहेको छ ।
पहिला व्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ४ विकेट गुमाएर १६१ रन बनाएको थियो ।
मुम्बईका लागि सूर्यकुमार यादवले ५२ रनको पारि खेल्दा तिलक बर्मा ३८ रनमा नटआउट रहे ।
डिवाल्ड व्रेभिसले २९ रन बनाउँदा किरोन पोलार्ड २२ रनमा नटआउट रहेका थिए ।
कोलकताका लागि पेट कमिन्सले २ विकेट लिए ।
१६२ रनको जवाफी लक्ष्य पछ्याएको कोलकताले १६ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।
जिताउनका लागि वेंकटेस अय्यर र पेट कमिन्सले अर्धशतकीय पारि खेले ।
अय्यरले ५० तथा कमिन्सले ५६ रनको नटआउट पारि खेले पछि मुम्बईविरुद्ध सहज जित निकाल्न सफल भए ।
टेमिल मिल्स र मुरुगन अश्विनले दुई दुई विकेट लिए ।