काठमाडौँ । हरेक वर्षको फेब्रुअरी १४ मा संसारका विभिन्न भागमा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइन्छ ।
विश्वव्यापीकरणको प्रभावसँगै केही वर्षयता यो दिवस नेपालमा पनि भित्रिएको छ । विशेषगरी युवापुस्ताले यसको अनुशरण गरेको पाइएको छ । वास्तवमा प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि यो विशेष दिन हो ।
प्रेमी र प्रेमिकाले आफ्नो प्रेमको सफलतामा खुसी प्रकट गर्दै भविष्यमा अझै गाढा प्रेम बसोस् भनी कामना गर्ने दिन पनि हो ।