साढे दुई अर्बको भाइमसला आयात

न्युजलय ५ कार्तिक २०७९, शनिवार ०१:४४ मा प्रकाशित

काठमाडौँ । यो वर्ष भाइमसलाको आयात साढे दुई अर्ब रुपियाँको हुने गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार नरिवल, काजु, सुकमेल, ल्वाङ, छोकडा, पेस्ता, किसमिस, बदाम, ओखर, मिस्रीलगायतका सामाग्रीको लागि आव २०७८/८९ मा दुई अर्ब ५५ करोड ८३ लाख ३९ हजार रुपियाँको तिहारलाई लक्षित सामान आयात भएको हो । 

चालू आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा मात्रै ९६ करोड ४४ लाख पाँच हजार रुपियाँको मसला आयात भएको छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा भाइमसला दिने हुँदा बजारमा यसको खपत धेरै हुने गर्छ । यस्ता सामाग्री भारत, चीन, भियतनाम, अमेरिका, मलेसिया, इन्डोनेसिया, थाइल्यान्डलगायतका मुलुकबाट तिहारलाई आयात गर्ने गरिएको छ ।