इटहरी । इटहरीस्थित जनता माविले आफ्नो ६७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । सञ्चारकर्मी, शिक्षक सम्मान तथा छात्रवृत्ती वितरण गर्दै उत्सव मनाएको हो ।
कार्यक्रममा एभिन्युज टेलिभिजनका संवाददाता दिपक कार्की, सप्तकोशी टेलिभिजनका प्रबन्धक निर्देशक विकल रेग्मी र सप्तकोशी एफ एमका सम्पादक लिलाराज भट्टराइलाइ सम्मान गरिएको थियो । यस्तै क्रिकेटको विकासमा योगदान दिएको भन्दै सीपी पौडेल, खेलाडी श्याम मानन्धर लगायत शिक्षक तथा अविभावकहरुलाई सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी इटहरीका नगर प्रमुख हेमकर्ण पौडेल, प्रदेश सांसद मिना श्रेष्ठ र स्कुल व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरेका हुन् ।
यस्तै विद्यालयमा अध्यपन गराउदै आएका उत्कृष्ट शिक्षकहरुलाइ सम्मान गरिएको थियो भने विभिन्न दाताहरुले स्थापना गरेका अक्षकोषबाट जेहेन्दार विद्यार्थीहरुलाइ छात्रावृत्ति वितरण गरिएको थियो ।
सोहि कार्यक्रमको अवसर पारेर ६ कोठे विज्ञान प्रयोगशाला भवनको उद्घाटन गरिएको छ । अविभावकहरुसँग न्युनतम सहयोग लिएर गुणस्तरीय शिक्षा दिइरहेका कारण पछिल्लो समय विद्यार्थीहरुको चाप बढ्दै गएको छ । विद्यालयमा भवन निर्माण गरी कक्षा कोठा थप गर्न सकेको खण्डमा अझै धेरै विद्यार्थीहरुलाई पढाउन सकिने अध्यक्ष दंगालले बताए ।
कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक पशुपति सिक्देलले विद्यालयको गत आर्थिक वर्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले विद्यालय सुधारको अभियान थालेको जनाउँदै सबैको सहयोग आवश्यक पर्नेमा जोड दिए ।