खोटाङ । यातायात बन्द गराउने आठ जना पहिचानपक्षधर पक्राउ परेका छन् । आइतबार बिहान दिक्तेलको किरात चौकमा यातायात बन्द गराइरहेको बेला उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा प्रदेश १ पुनःनामाङ्कन संघर्ष समिति खोटाङका संयोजक तथा नेकपा माओवादी केन्द्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सचिव युगसन किरात, प्रदेश १ पुनः नामाङ्कन युवा संघर्ष समिति खोटाङका संयोजक निर्मल राई, संघर्ष समितिका जिल्ला सदस्य तथा जनता समाजवादी पार्टीका जिल्ला सचिव सुनिल राई, संघर्ष समितिका जिल्ला सदस्य तथा नेकपा एकीकृत समाजवादीकी जिल्ला नेतृ संगीता राई, संघर्ष समितिका जिल्ला सदस्य सोनामहाङ राई, संघर्ष समितिका जिल्ला सदस्यहरु मेलिना राई, उपार्जन राई, र लक्ष्मी राई पक्राउ परेका हुन् ।
एमाले अध्यक्ष केपी ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा अवरोध गरेकोमा पक्राउ परेका पूर्व संस्कृति मन्त्री गोपाल किराती लगायत अन्य पााच जनालाई बिना सर्त रिहाइको माग गर्दै शनिबारदेखि मध्यपहामडी लोकमार्ग लगायतमा सडक अबरुद्ध गरेका छन् ।
आइतबार पनि बिहानैदेखि यातायात ठप्प पारिएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको दिक्तेल, हुर्लुङ, नुनथला, हलेसी लगायतका क्षेत्रमा बन्दकर्ता कसेर यातायात बन्द गराएका हुन् ।