बढ्यो सुनको मूल्य

न्युजलय २२ असोज २०८३, बिहिबार ०१:३९ मा प्रकाशित

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँ कायम भएको छ। बुधबार सुन दुई लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतितोला चार हजार ४२५ रुपैयाँ रहेको चाँदी बिहीबार ३५ रुपैयाँले घटेर चार हजार ३९० रुपैयाँमा झरेको छ।