काठमाडौँ । नागढुंगा चेकपोस्टबाट सात सय मिटर अगाडि पात्लेबनमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
सडक विभागका अनुसार त्यहाँ ३ मिटर चौडाइमा सडक भासिएको छ ।
सडक विभागका अनुसार सडक भासिएपछि आवतजावत बन्द गरिएको छ । सडकको एउटा खण्डमा क्षति पुगेको र एकतर्फी रूपमा सवारी सञ्चालन गर्न सकिने भए पनि थप क्षति रोक्न सडक बन्द गर्नुपरेको बताइएको छ ।