काठमाडौं । आज साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.१५ अंकले घटेर २६५७.३२ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएका ३११ कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५१ करोड माथिको कारोबार भएको छ ।
यसदिन ङादी ग्रुप पावरको सर्वाधिक १ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । त्यपछि सानिमा माइ हाइड्रोको ७५ करोड ३८ लाख रुपैयाँ र राधि विद्युत कम्पनीको ५४ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।