५ रुपैया घट्यो पेट्रोलको मूल्य, अरु कति ?

न्युजलय ३१ फाल्गुण २०८१, शनिवार ०८:२९ मा प्रकाशित

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।


यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ कायम भएको छ ।