उदयपुरमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

न्युजलय २२ जेठ २०८१, मङ्गलबार ०५:५९ मा प्रकाशित

 उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका –१ फुलजोरमा  मङ्गलबार बिहान सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

गाईघाटबाट बेल्टारतिर जाँदै गरेको प्र १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई  विपरित दिशाबाट आइरहेको प्र १ –०२.–००१ ख ८५१४ नम्बरको टिफरले ठक्कर दिंदा दुई जनाको मृत्यु भएको हो  ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले दुबैको शव  जिल्ला अस्पतालमा राखिएको पोस्टमार्टम र सनाखत हुन बाँकी रहेको जनाएको छ ।