झापा । दमक नगरपालिकाले दमक–१ का एक सय सात वर्षीय धनञ्जय घिमिरेलाई नगर पिता घोषणा गर्दै सय वर्षमाथिका छ जनालाई ज्येष्ठ नागरिक सम्मान गरेको छ ।
ज्येष्ठ नागरिक दिवसका अवसर पारेर नगरपालिकाले दमक–८ का एक सय छ वर्षीय कुबेरबहादुर श्रेष्ठ, दमक–३ की एक सय छ वर्षीया नरमाया सोराली, दमक–१० की एक सय पाँच वर्षीया नर्वदा खनाल, दमक–७ की एक सय पाँच वर्षीया मीनादेवी कार्की र दमक–१ की १०१ वर्षीया चन्द्रमाया लावतीलाई सम्मान गरेको हो ।
नगरपालिकामा उपलब्ध तथ्याङ्कका आधारमा दमककै ज्येष्ठ नागरिक वर्षीय घिमिरेलाई नगर पिता घोषणासहित अन्य ज्येष्ठ नागरिकलाई सामूहिकरुपमा सम्मान गरिएको नगर प्रमुख रामकुमार थापाले बताए । उनीहरूलाई न्यानो कपडा, पोषणयुक्त आहारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।