काठमाडौँ । अभिनेत्री गौरी मल्लले तीज गीत सार्वजनिक गरेकी छन्।
‘धिन ताका नाका धिन’ बोलको गीत सार्वजनिक गरिएको हो। सानै उमेरदेखि गायनमा सौखिन मल्लले दर्जनबढी गीत गाएकी छन्।
सार्वजनिक तीज गीतमा शब्द, संगीत र स्वर दिँदै उनी गायनमा फर्किएकी छन्। यस गीत सार्वजनिक गर्दै उनले आफ्नै नामबाट युट्युब च्यानल समेत सञ्चालनमा ल्याएकी छन्।
सन्तोष राजबाहकले कोरियोग्राफी र निर्देशन गरेको गीतमा गौरीसँगै अभिनेत्री मिथिला शर्मा, समाईरा श्रेष्ठ, तेन्जु योन्जन, निलम पौडेल, सिम्रन शेरचनलाई देख्न सकिन्छ।
अञ्जु पोखरेल दाहाल म्युजिक भिडिओकी निर्माता हुन् भने सुवास दाहालले निर्माण संयोजन गरेका छन्। उत्सव दाहालले छायांकन गरेको गीतको भिडिओलाई विकास दाहालले सम्पादन गरेका हुन्।