झापा । वर्षापछि आएको बाढीबाट झापा जिल्लामा २५ हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । तीमध्ये २४ हजार बढी झापा गाउँपालिकाबाट मात्रै विस्थापित भएका छन् । गाउँपालिकाबाट ५ हजार १ सय ८९ घरधुरी विस्थापित भएका छन् ।
झापा जिल्लाभरी भने ५ हजार ४८१ घरधुरीका २५ हजार २ सय ३१ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
अन्य पालिकाहरुमा शिवसताक्षी नगरपालिकाका ४७ घरधुरीका १८२ जना, गौरीगन्ज गाउँपालिकाका ४१ घरधुरीका २४६ जना, गौरादहका ३१ घरधुरीका १४४ जना र भद्रपुरका २७ घरधुरीका ९० जना समेत विस्थापित भएका छन् ।
विस्थापितहरू स्थानीय विद्यालय, सामुदायिक भवन, मन्दिर र आफन्तकहाँ अस्थायी रूपमा बसेका छन्। उद्धार कार्यमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी सक्रिय रहेका छन् ।