काठमाडौँ । कजाकिस्तानमा जहाज दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ।
६२ यात्रु र चालक दलका पाँच जना सवार अजरबैजान एयरलाइन्सको फ्लाइट नम्बर जे २(८२४३ जहाज अक्टाउ सहरको विमानस्थलमा आपतकालीन अवतरणका क्रममा दुर्घटना भएको थियो।
दुर्घटनामा ३८ जनाको मृत्यु भएको र २९ जनाको उद्धार गरिएको अमेरिकी पत्रिका सिएनएनले जनाएको छ।
घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको पनि कजाकिस्तानका सरकारी समाचार संस्थाहरुलाई उद्धृत गरेरे सिएनएनले लेखेको छ।
जहाज अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रज्नीतर्फ उडे पनि अक्टाउ सहरको विमानस्थलमा आपतकालीन अवतरण भएको थियो।
कजाकस्तानले सरकारले दुर्घटनाको अनुसन्धानका लागि आयोग गठन गरेको छ। कजाकस्तान सरकारले अजरवैजानसँग समन्वय गरेर दुर्घटनाको अनुसन्धान गर्ने जनाएको छ ।