राप्ती हाइड्रोको आईपीओमा १५ लाख ३८ हजारको आवेदन

न्युजलय २ साउन २०७९, सोमबार ०२:३२ मा प्रकाशित

काठमाडौँ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनीको साधारण शेयर (आईपीओ) मा १५ लाख ३८ हजार ६ सय ८८ जनाको आवेदन परेको छ । 


असार २९ गते निष्काशन खुला भई आवेदन दिने आज अन्तिम दिन साँझ ५ बजेसम्म १ अर्ब ७२ करोड ६५ लाख १५ हजार रुपियाँ बराबरको १ करोड ७२ लाख ६५ हजार १ सय ५० कित्ताका लागि आवेदन परेको हो । 

 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको हो ।

 

कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिने व्यवस्था थियो । 


उक्त शेयर २ लाख १७ हजार ६ सय ९४ जनाले १०–१० कित्ताको दरले पाउने छन् । 

 

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सह–निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । कम्पनीले रुकुम पूर्वी जिल्लामा ५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।