एक सातामा तीन सय डेङ्गु सङ्क्रमित थपिए

न्युजलय २० कार्तिक २०७९, आइतबार ०७:१२ मा प्रकाशित

काठमाडौं । पछिल्लो एक सातामा तीन सय जना डेङ्गु सङ्क्रमित थपिएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ सङ्क्रमित थपिएको हो ।


योसँगै देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या ४७ हजार ६८ पुगेको छ । कात्तिक महिनाको सुरुमै सङ्क्रमितको सङ्ख्या घटे पनि डेङ्गुको उच्च जोखिम मङ्सिरको अन्तिमसम्म रहने महाशाखाले बताएको छ ।