बढ्यो सुनको मूल्य

न्युजलय २ मङ्सिर २०७८, बिहिबार ०५:२२ मा प्रकाशित

काठमाडौं । बिहिबार (आज) सुनको मूल्य २०० रुपैयाँले  बढेको छ । 

हिजो बुधबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । 

हिजो बुधबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।