मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

न्युजलय १६ असार २०८२, सोमबार ११:४७ मा प्रकाशित

काठमाडौँ । मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज(सोमबार) बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो ।