नेप्से परिसूचक १९.८४ अंकले घट्यो

न्युजलय ४ फाल्गुण २०७८, बुधबार १०:२६ मा प्रकाशित

काठमाण्डौ । सेयर बजार मापक नेप्से परिसूचकमा बुधबार(आज) १९.८४ अंकले गिरावट आएको छ ।

आइतबार ५०.३० अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार १९.८४ अंकले घटेर २ हजार ७३४.४४ बिन्दुमा पुगेको छ । 

बुधबार कारोबारमा आएका २३१ कम्पनीको ५६ लाख ५२ हजार २८२ कित्ता शेयर ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 

नेप्सेको १३ उपसमूहमध्ये ११ उपसमूह राताम्मे भएको छ भने अन्य उपसमूह  र निर्जीवन बीमा उपसमूहको सूचक ०.१४ प्रतिशतले बढेको छ । 

जसमध्ये सबैभन्दा धेरै जलविद्युत उपसमूहको परिसूचकमा सामान्य वृद्धि भएको छ । जसमा अन्य उपसमूह ०.४४ र निर्जीवन बीमा उपसमूहको सूचक ०.१४ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको परिसूचक राताम्मे भएको छ ।