२०७८ साल मङ्सिर १३ गते सोमबार

अब औषत व्याजदरमा १० प्रतिशत मात्रै बढाउन पाउने

न्युजलय २९ कार्तिक २०७८, सोमबार ०६:२४ मा प्रकाशित

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई व्याजदर वृद्धि गर्ने सम्वन्धमा थप कडाइ गरेको छ । केन्द्रीय बैंकले आइतबार पुनः एकीकृत कारोबार निर्देशिका संशोधन गर्दै अघिल्लो महिनाको औषत व्याजदरको तुलनामा अधिकतम १० प्रतिशतको व्यवस्था गरिएको छ ।

बोलकबलबाट हुने निक्षेपमा पनि प्रकाशित व्याजदरभन्दा बढी दिन नमिल्ने व्यवस्था गरिएको छ । तर, बैंकहरु बीच नै व्याजदर खोसाखोस हुन थालेपछि सम्वन्धित बैंकले मुद्दति निक्षेपको नविकरण गर्नु पर्ने भएमा ०।१ प्रतिशतसम्म बढाउन सक्ने सुविधा दिएको छ ।