विराटनगरका कामतले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाए

न्युजलय २३ जेठ २०८१, बुधबार ११:४४ मा प्रकाशित

विराटनगर । विराटनगरका एक पुरुषले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका छन्।

विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतले मंगलबार साँझ पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन्। 

मोरङ प्रहरीका अनुसार घटना विराटनगर–७ हरियाली टोलमा भएको हो। आगोले जलेर गम्भीर घाइते भएका कामतको शरीरको ७० प्रतिशत भाग जलेको छ। उनलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार कामत केही समयदेखि पारिवारिक तनावमा रहेको पाइएको छ। केही दिनअघि उनको पत्नीसँग सम्बन्ध विच्छेद भएको थियो।