मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

न्युजलय २० बैशाख २०८१, बिहिबार ११:४४ मा प्रकाशित

झापा । झापाको बाह्रदशी गाउँपालिका–६ रुपचनबारीमा प्र १–०१–०१३ प ५७८४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय बन मुर्मु रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक ३४ वर्षीय वसन्त राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।