पाँचथर अस्पतालमा तीन दिनदेखि सबै स्वास्थ्य सेवा ठप्प

न्युजलय २३ असोज २०७८, शनिवार ०४:५२ मा प्रकाशित

पाँचथर । बालिकाको मृत्युको विषयलाई लिएर भएको तोडफोडपछि लिएर पाँचथर जिल्ला अस्पताल तीन दिनदेखि सबै सेवा ठप्प भएकोछ । आकस्मिकसहितका सेवाहरु बिहिबारदेखि ठप्प भएको हो । भर्ना भएकालाई पनि अन्यत्र पठाएर बेड खालि गरिएको छ । 

फिदिम नगरपालिका २ की ३ वर्षीय क्रिष्टिना थाम्सुहाङको उपचारका क्रममा निधन भएको विषयलाई लिएर शान्ति सुरक्षा ग्यारेन्टीको माग गर्दै स्वास्थ्यकर्मीले काम ठप्प पारेका हुन् ।

अस्पतालमा दैनिक २ सय ५० देखि ३ सयको हाराहारीमा बिरामी आउने गर्थे । उनीहरु इलाम हुँदै तराईका अस्पतालसम्म जान बाध्य भएका छन् ।

संलग्नहरुलाई कारवाही गर्न अस्पतालले माग गरेका छन् ।