भारतको चर्चित टिभी शो ‘सीआईडी’का इन्सपेक्टर दिनेशको निधन

न्युजलय १९ मङ्सिर २०८०, मङ्गलबार ०१:०१ मा प्रकाशित

काठमाडौं । भारतीय टिभी सोनीको चर्चित शो ‘सीआईडी’मा इन्सपेक्टरको भूमिका निर्वाह गर्ने कलाकार दिनेश फडनिशको निधन भएको छ। 

मुम्बईस्थित तुंगा अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सीआईडी शोमा ‘दया’को भूमिकामा देखिने कालाकार दयानन्द सेठ्ठीले दिनेशको निधन भएको बताएका छन्।  

दिनेशलाई गत शुक्रबार राति हर्टअट्याक भएको भनिएको थियो। हर्टअट्याकपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। 

५७ वर्षका दिनेशले सीआईडीसँग भारतका अन्य टेलिश्रृङ्खला र फिल्महरुमा अभिनय गरेका थिए। सीआईडीमा इन्सपेक्टरको भूमिका निर्वाह गरेपछि उनी चर्चित बनेका थिए।