विराटनगर । विराटनगरदेखि भैरहवा सिधा उडान सुरु हुने भएको छ । सौर्य एअरलाइन्सले कार्तिक २२ गतेदेखि नियमित उडान सुरु गर्ने भएको हो ।
‘अहिलेसम्म कुनै एयरलाइन्स कम्पनीले भैरहवा–विराटनगर सिधा उडान नगर्दा यात्रुहरुलाई असहज भएको थियो । हाल ६ हजार रुपैयाँमा दैनिक भैरहवा–विराटनगर दिउँसो ३ बजेर ४५ मिनेटमा र विराटनगर–भैरहवा साँझ ५ बजेर १० मिनेटमा उडान भर्ने एयरलाइन्सले जनाएको छ । यो उडानले दुवै क्षेत्रको पर्यटनका साथै व्यवसायिक तथा औद्योगिक क्षेत्रको प्रवद्र्धन हुने विश्वास गरिएको छ ।
एयरलाइन्स कम्पनीका अनुसार ५० सिट क्षमताको जेट विमानबाट उडान भर्ने भैरहवा–विराटनगरको करिब ४५ मिनेटको यात्रा हुनेछ ।