यसकारण पिउनुहोस् बिहानै उठेर पानी

न्युजलय २० कार्तिक २०७९, आइतबार ०७:१४ मा प्रकाशित

स्वास्थ्यका लागि पानी पिउनु अत्यन्त जरूरी छ । यसले शरीरको विषालु पदार्थ बाहिर निकाल्छ र रोगहरू हटाइदिन्छ ।

 

एकाबिहानै एक गिलास पानी पिउँदा दिन नै राम्रो बित्छ । बिहान पानी पिएपछि एक घन्टासम्म केही नखानुस् । दिनभरिमा १० गिलास पानी पिउनुस् ।

 

बिहान खाली पेट एक गिलास पानी पिउँदा पेट सफा हुन्छ । यसले गर्दा शरीरले पोषक तत्त्व सजिलै ग्रहण गर्छ र पाचन प्रक्रिया राम्रो हुन्छ ।

 

छालालाई चम्किलो बनाउनका लागि पानी पिउनु जरूरी हुन्छ । यसले रगत सफा गराउँछ र छालासम्बन्धी समस्या भाग्छ ।

 

मोटोपन घटाउने

बिहान खाली पेट पानी पिउँदा शरीरको मेटाबोलिजम बढ्छ । यसबाट अतिरिक्त बोसो पगाल्छ र मोटोपन घटाउँछ ।


भोक बढाउने

पानी सेवन गर्दा पाचन प्रक्रिया राम्रो भएर भोक बढ्छ ।


रोग हटाउने

खाली पेट पानी पिउँदा मिर्गौलासँग सम्बन्धित समस्या, टाउको दुखाइ, पेटमा ग्यास भरिने समस्या भाग्छन् ।