काठमाडौं । आज पनि सेयर बजारमा वृद्धि भएको छ ।
बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६१ अंकले बढेर २६६५.६० बिन्दुमा बन्द भएको छ ।
बुधबार नेप्सेमा कुल ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ५ अर्ब ७७ करोड माथिको कारोबार भएको थियो ।
कारोबारमा आएकामध्ये १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०४ कम्पनीको घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
बुधबार छ कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ ।