रियलको आत्मघाती गोलसँगै बार्सिलोनाले जित्यो खेल

न्युजलय १९ फाल्गुण २०७९, शुक्रबार ०१:३८ मा प्रकाशित

म्याड्रिड । बार्सिलोनाले बिहीबार कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडलाई १–० ले हराएको छ । खेलमा एडेर मिलिटाओले रियलका तर्फबाट आत्मघाती गोल गरेसँगै बार्सिलोनाको लगातारको हार क्रममा पूर्णविराम लागेको हो ।

युरोपा लिगमा म्यानचेस्टर युनाइटेड र स्पेनी ला लिगाामा आल्मेरियाविरुद्धको खेल गुमाएको बार्सिलोनाका लागि रियलमाथि प्राप्त अहिलेको भाग्यमानी जित ठूलो राहतका रूपमा प्राप्त भएको छ ।

अब दोस्रो लेगको सेमिफाइनल अप्रिल ५ मा नु क्याम्पमा हुनेछ र त्यसमा ज्याभीले एक गोलको अग्रता रक्षा गर्ने प्रयास गर्नेछ । बार्सिलोना र रियल नै स्पेनी ला लिगाको शीर्ष दुई स्थानमा छन् ।