काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो जित निकालेको छ ।
शनिबार गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो ।
पुणेमा १ सय ७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रन मात्र बनायो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनायो ।
२ खेलमा २ जित निकालेको गुजरात ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । दिल्ली २ खेलमा १ जित र १ हारका साथ २ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।